मंसिरमा ६० जना चालकको लाइसेन्स निलम्बन – Online Khabar

मंसिरमा ६० जना चालकको लाइसेन्स निलम्बन – Online Khabar

[ad_1]

मंसिरमा ६० जना चालकको लाइसेन्स निलम्बन – Online Khabar

फाइल तस्वीर

१ पुस, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर महिनामा ६० वटा सवारी चालक अनुमति पत्रलाई निलम्बनको लागि यातायात व्‍यवस्था विभाग पठाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच (५) पटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

निलम्बनका लागि पठाइएका सबै भन्दा धेरै कारवाहीमा १ जना ४४ पटक , ३५ पटक कारवाही १ जना , २४ पटक परेका ३ जना , १४ पटक परेका १ जना , १२ पटक परेका ७ जना ,७ पटक परेका २ जना र ६ पटक कारवाहीमा परेका ४५ जना गरी जम्मा ६० जनाका सवारी चालक अनुमति पत्र निलम्बनको लागि यातायात ब्यवस्था विभाग पठाएको हो ।

उनीहरुले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको थियो । ट्राफिका नियम उल्लघंन गरिरहने चालकहरुबाट नै सवारी दुर्घटना भएको तथ्यांकले समेत देखाएको छ ।

सवारी दुर्घटनामा परेका अधिकांश सवारी चालक यसअघि पनि पटक पटक कारवाहीमा परेको समेत काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएक‍ो छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्