नेपथ्यले आफ्ना चर्चित गीतबाट ततायो नेपालगञ्ज – Online Khabar

नेपथ्यले आफ्ना चर्चित गीतबाट ततायो नेपालगञ्ज – Online Khabar

[ad_1]

काठमाडौं । देशव्यापी सांगीतिक दौडाहामा निस्किएको लोकरक ब्याण्ड नेपथ्यले बिहीबार नेपालगञ्जमा कन्सर्ट गरेको छ । चिसो मौसममा पश्चिम नेपालको प्रमुख सहर नेपालगञ्जलाई नेपथ्यले आफ्ना चर्चित गीत प्रस्तुत गरेर न्यानो बनायो ।

‘आँगनैभरि हिउँ नै झरे’ गीतका साथ नेपालगञ्ज रंगशालमा बनाइएको भव्य स्टेजमा उक्लिएका नेपथ्यका प्रमुख गायक अमृत गुरुङले त्यसपछि एकपछि अर्को आफ्ना चर्चित गीत गाएर दर्शक-श्रोतालाई नचाए ।

नेपथ्यले आफ्ना चर्चित गीतहरु भेंडाको ऊनजस्तो, छेक्यो छेक्यो देउराली डाँडा, चरी मर्‍यो, जोमसोमै बजारमा, शिरफूल शिरैमालगायत गीत गाएर नेपालगञ्जको चिसो साँझलाई न्यानो बनायो ।

नेपथ्यले आफ्ना चर्चित गीतबाट ततायो नेपालगञ्ज – Online Khabar

नेपालगञ्जको कन्सर्टपछि पुस ३ गते नेपथ्यले धनगढीमा प्रस्तुति दिनेछ । यसअघि उसले विराटनगर, वीरगञ्ज, हेटौंडा र भरतपुरमा कन्सर्ट गरिसकेको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्