कर्णाली सरकारको नेतृत्वमा माओवादीले गर्‍यो दाबी – Online Khabar

कर्णाली सरकारको नेतृत्वमा माओवादीले गर्‍यो दाबी – Online Khabar

[ad_1]

२९ मंसिर, सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारको नेतृत्वमा दावी गरेको छ ।

बिहीबार सम्पन्न प्रदेश कमिटीको बैठकले कर्णालीमा माओवादी नेतृत्वको सरकार गठन गर्नेगरी गठबन्धनमा सिट बाडफाँट गर्न केन्द्रीय नेतृत्वलाई आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकले २०७४ सालको निर्वाचनको तुलनामा कर्णालीमा समानुपातिक मत वृद्धि भएको निष्कर्ष समेत निकालेको प्रदेश अध्यक्ष विमला केसीले बताइन् । ‘तुलनात्मक रुपमा यो पटक कर्णालीमा हाम्रो पार्टीको उपस्थिती बलियो रहयो, अध्यक्ष केसीले भनिन्, ‘त्यसैले कर्णाली सरकारको नेतृत्व माओवादीले पाउने गरी गठबन्धनमा सिट बाँडफाँट गर्न केन्द्रीय नेतृत्वलाई आग्रह गर्ने निर्णय गरेका छौं ।’

कर्णाली प्रदेश सभामा सत्ता गठबन्धनसँग सरकार बनाउन सुविधाजनक बहुमत छ । कांग्रेस र माओवादीले बराबर सरकारको नेतृत्व गर्ने विषयमा अनौपचारिक सहमति जुटेपनि पहिला कसले नेतृत्व गर्ने भन्नेबारे सहमति जुट्न सकेको छैन ।

बैठकले संघीय सरकार निर्माणको सन्दर्भमा पहिलो कार्यकाल माओवादीकै नेतृत्वमा सरकार गठनको लागि अधिकतम पहल गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझावमेत दिएको छ ।

त्यस्तै पार्टी निर्माणको सन्दर्भमा यथाशीघ्र विशेष महाधिवेशन आयोजना गरी विचार संश्लेषण र समाजवादी क्रान्तिको ठोस कार्यक्रम तय गर्नुपर्ने, पार्टी पुनर्गठनको अभियान सञ्चालन गर्नुपर्ने, पार्टी तथा जनसंगठनका आकार घटाएर साना र चुस्त कमिटी बनाउनुपर्ने, नेतृत्व चयनमा निर्वाचन प्रणालीको अभ्यासलाई निरुत्साहित गर्न नहुने निर्णय गरेको अध्यक्ष केसीले जानकारी दिइन् ।

बैठकले यही गठबन्धनलाई निरन्तरता दिदै सत्ता सञ्चालनको लागि गठबन्धन दलका प्रतिनिधि सम्मिलित राजनैतिक संयन्त्र बनाउन पनि सुझाव दिएको छ ।

हेर्नुहोस् विज्ञप्ति

कर्णाली सरकारको नेतृत्वमा माओवादीले गर्‍यो दाबी – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्