चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत भेटिए – Online Khabar

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत भेटिए – Online Khabar

[ad_1]

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत भेटिए – Online Khabar

फाइल तस्वीर ।

२९, मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा बृधबार मृत फेला परेको हो ।

सो गैंडाको खाग नपलाएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए ।  यस्तै निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्ट अन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्र आज विहान एक पोथी गैंडा मृत फेला परेको छ ।

१५ बर्षको पोथी गैंडा आपसमा जुधेर मरेको हुनसक्ने निकुञ्जका सूचना अधिकारी तिवारीले बताए । गैंडाको खाग र खुर सुरक्षित छ । चालु आर्थिक बर्षमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ५ गैंडा मृत भेटिएका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्