मन शान्त भएको अनुभूति भयो – Online Khabar

मन शान्त भएको अनुभूति भयो – Online Khabar

[ad_1]

काठमाडौं । सपरिवार नेपाल घुम्न आइपुगेका बलिउड अभिनेता विवेक ओबरायले आज (विहिबार) बिहान पशुपतिनाथ दर्शन गरेका छन् । बुबाआमा, पत्नी र छोराछोरीसहित उनले पशुपतिमा पूजाअर्चना गरे ।

झण्डै एकघण्टा मन्दिरमा बिताएको ओबराय परिवारलाई हेर्न फ्यान झुम्मिएका थिए । विवेकका पिता सुरेश भारतका प्रसिद्ध टेलिभिजन पर्सनालिटी समेत हुन् ।

नेपालमा समेत बाबु र छोराको राम्रै फ्यान फलोइङ छ । पशुपतिमा पूजापछि बाहिरिँदा गर्दा उनीहरुले फ्यानसँग तस्वीर खिचाए । पशुपतिमा पूजाका लागि आउने धोको पहिल्यैदेखि भएको र अहिले आउँदा मन शान्त भएको कुरा विवेकले मिडियासँग बताए ।

पशुपतिपछि उनीहरु चन्द्रागिरी घुम्न जाने कार्यक्रम छ । आजै उनीहरु पोखरातर्फ प्रस्थान गर्नेछन् । पोखरामा साहसिक खेलसहित घुमघाम गरेर उनीहरु अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने म्याग्दीको घोरेपानीस्थित पुनहिलमा पदयात्रामा निस्कनेछन् ।

मन शान्त भएको अनुभूति भयो – Online Khabar

त्यहाँबाट पोखरा फर्किएर भैरहवा हुँदै लुम्बिनी जाने कार्यक्रम छ । लुम्बिनीबाट काठमाडौं फर्किएर भारत जाने उनीहरुको योजना छ । नेपालको पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने उद्देश्यले ओबराय परिवारलाई व्यवसायी पुनम यादवले ल्याएकी हुन् ।

नेपाल घुमेर फर्किएपछि आफूले फ्यानलाई घुम्न जान प्रेरित गर्ने कुरा ओबरायले यसअघि बताइसकेका छन् ।

तस्वीर सौजन्य : सुरज धामी

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्