रहेनन् ५४ सन्तानका पिता – Online Khabar

रहेनन् ५४ सन्तानका पिता – Online Khabar

[ad_1]

रहेनन् ५४ सन्तानका पिता – Online Khabar

आफ्ना सन्तानसँग अब्दुल

२५ मंसिर, काठमाडौं । ५४ जना सन्तानको पिताका रुपमा चर्चित रहेका पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ ।

पाकिस्तानमा सन् २०१७ को जनगणनामा ५४ जना सन्तानको पिता भएको पाइएपछि उनी चर्चित बनेका थिए ।

अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको नोशकी जिल्लामा रहँदै आएका उनको ७५ वर्षको उमेरमा निधन भएको हो ।

६ जना महिलासँग विवाह गरेका उनको पहिलो विवाह १८ वर्षको उमेरमा भएको थियो । जसमध्ये उनका २ वटी श्रीमतीको यसअघि नै निधन भइसकेको छ । उनका ५४ सन्तानमध्ये १२ सन्तानको पनि यसअघि नै निधन भइसकेको छ ।

उनका २२ जना छोरा र २० जना छोरी गरी कुल ४२ जना सन्तान जीवित छन् । उनका नातिनातिना र पनाती पनातिनाको संख्या खुलेको छैन् ।

धेरै सन्तान भएकाले उनीहरुको पालन पोषण र शिक्षा दीक्षाका लागि अब्दुल मजिदले फरक फरक काम गरेका थिए । उनको साथमा एउटा इरानी गाडी थियो ।

जुन उनले मृत्युको ५ दिन अघिसम्म पनि चलाएर यात्रीलाई सेवा दिएर केही पैसा कमाएका थिए ।

अब्दुलका छोरा शाह वलीले भने, ‘४२ जना छोराछोरीको शिक्षा दीक्षा र अरु आवश्यकता पूरा गर्नका लागि उहाँले अन्तिम समयसम्म कोसिस गर्नुभयो ।’

शाह वलीले आफूले पितालाई आरम गरेर बसेको कहिल्यै नदेखेको बताए । भने, ‘उहाँलाई मैंले सधैं काम गरिरहेको र मिहेनत गरिरहेको मात्र देखेँ ।’

– एजेन्सीको सहयोगमा

[ad_2]

Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्