मर्स्याङ्दीमा पूर्ण क्षमतामा विद्युत उत्पादन    – Online Khabar

मर्स्याङ्दीमा पूर्ण क्षमतामा विद्युत उत्पादन    – Online Khabar

[ad_1]

मर्स्याङ्दीमा पूर्ण क्षमतामा विद्युत उत्पादन    – Online Khabar

फाइल तस्वीर

२१ मंसिर, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको मर्स्याङ्दी जलविद्युत आयोजनाले हिउँदको सुख्खा समयमा पनि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्दै आएको छ ।

गत असोज महिनामा भएको अत्याधिक वर्षाका कारण नदीमा बढेको पानीको बहाव अहिलेसम्म पर्याप्त रहेकाले पूर्ण क्षमतामा विद्युत उत्पादन भइरहेको हो ।

विगतका वर्षको यसै समयमा पानीको बहाव घट्दा ४० मेगावाटको हाराहारीमा विद्युत उत्पादन हुने गरेको केन्द्रका इन्जिनियर जगदीश ढुंगानाले जानकारी दिए । यस आयोजनाको तीनवटा युनिटबाट २३ मेगावाटका दरले ६९ मेगावाट विद्युत उत्पादन गरी वितरण हुँदै आएको उनले बताए ।

मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी भएकोले गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिउँ पग्लेर आउने भएकाले नदीमा पानीको बहावमा खासै कमी नहुने सो केन्द्रले जनाएको छ ।

सहायक नदी र खोलामा पानीको बहाव बढेसँगै विद्युत उत्पादन पनि बढ्ने गरेपनि हिउँद महिनमा कम विद्युत उत्पादन हुने गरेको थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्