थापाथलीको सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगर अगाडि प्रदर्शन

थापाथलीको सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगर अगाडि प्रदर्शन

[ad_1]

२० मंसिर, काठमाडौं । काठमाडौंको थापाथालीस्थित सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको छ ।

उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीहरुले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न माग गरेको हो ।

थापाथलीको सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगर अगाडि प्रदर्शन

समितिले महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । ‘कथित सुकुम्बासीको घर टहरा हटाई, राधाजनीको सौन्दर्यता,सुशान्ति र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न एक इन्च पनि महानगर पछि नहटोस’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

समितिले सुकुम्बासी बस्तीमा दिउँसै घरेलु हतियारसहित नगर प्रहरी, महानगर प्रमुखलाई धम्कीदिनुले उपत्यकामा त्रास फैलिएको समेत बताएको छ ।

हेर्नुहोस् ध्यानाकर्षण पत्रः

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्