गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला – Online Khabar

गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला – Online Khabar

[ad_1]

गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला – Online Khabar

भक्तपुरस्थित गोकुल बास्कोटाको घर । फाइल तस्वीर

१८ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ ।

भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरको पेटीमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो । अहिले प्रहरीको टोली सो स्थानमा पुगेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले शंकास्पद वस्तु देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको जानकारी दिए । ‘शंकास्पद वस्तु देखिएपछि हामी रिस्क लिंदैनौं, आर्मीको डिस्पोजल टोलीलाई बोलाएका छौं, त्यसलाई डिस्पोज उसैले गर्छ,’ एसपी केसीले भने ।

आज बिहान छिमेकीले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । यसअघि बास्कोटाको घर बन्दै गर्दा २०७६ फागुनमा बम विष्फोट भएको थियो ।

अहिले बास्कोटा काभ्रेस्थित घरमा रहेको उनको सचिवालयले जनाएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्