नाट्य फेस्टिभलमा नेपाल आएका इटाली र स्पेनका कलाकारको राहदानी हरायो

नाट्य फेस्टिभलमा नेपाल आएका इटाली र स्पेनका कलाकारको राहदानी हरायो

[ad_1]

नाट्य फेस्टिभलमा नेपाल आएका इटाली र स्पेनका कलाकारको राहदानी हरायो

फाइल तस्वीर

काठमाडौं । काठमाडौंमा जारी दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भाग लिन आएका दुई विदेशी कलाकारको राहदानी हराएको छ ।

स्पेनका अभिनेता डुरान रोजस पाब्लो र इटालीकी अभिनेत्री कोस्टा डायनाले आफूहरुको राहदानी हराएकाले खोजिदिन आग्रह गर्दै नेपाल पर्यटन बोर्डको पर्यटक प्रहरीमा निवेदन दिएका छन् ।

उनीहरुको राहदानी हराएको जानकारी पर्यटक प्रहरीमा आएको प्रहरी सहायक निरीक्षक विक्रान्त थापाले पुष्टि गरे ।

उनीहरुलाई नेपाल ल्याएको मण्डला थिएटरले सूचना जारी गर्दै राहदानी हराएकाले यात्रामा समस्या आएको जनाएको छ । हराएको राहदानी फेला परे मण्डला थिएटरमा दिन उसले आग्रह गरेको छ । निटफेस्टका मिडिया संयोजक केदार श्रेष्ठले हराएको राहदानी खोजिदिन भन्दै नेपाल पर्यटन बोर्डको पर्यटन प्रहरीमा निवदेन दिएको बताए ।

पाब्लो र डायनाको नाटक ‘मिस्टर एण्ड मिसेस क्रास्ट’ महोत्सवमा मञ्चन भएको थियो भने उनीहरुले नाटकसम्बन्धी दुईवटा कार्यशाला पनि चलाएका थिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्