चुनाव जितेपछि रेखा शर्माले भेटिन् शंकर पोखरेल – Online Khabar

चुनाव जितेपछि रेखा शर्माले भेटिन् शंकर पोखरेल – Online Khabar

[ad_1]

चुनाव जितेपछि रेखा शर्माले भेटिन् शंकर पोखरेल – Online Khabar

एमाले महासचिव शंकर पोखरेल दम्पत्तिसँग माओवादी नेता रेखा शर्मा । तस्वीर सौजन्य : कुलदीप न्यौपाने ।

९ मंसिर, दाङ । दाङ–२ बाट नवनिर्वाचित माओवादी केन्द्रकी प्रतिनिधिसभा सदस्य रेखा शर्माले एमालेका महासचिव शंकर पोखरेलसँग भेटवार्ता गरेकी छन् ।

चुनाव जितेपछि उनी शुक्रबार आफ्ना प्रतिस्पर्धी एमालेका नेता पोखरेललाई भेट्न उनकै निवासमा पुगेकी थिइन् । भेटवार्ताका क्रममा दुबै जनाले दाङको विकासबारे छलफल गरेका थिए । शर्माले पोखरेलसँग जिल्लाको विकास र समृद्धिबारे सल्लाह र सुझाव पनि मागेकी उनका एक सहयोगीले बताए ।

महासचिव पोखरेलले शर्मालाई बधाई दिँदै दाङको विकासका लागि आफू सधैं सहयोग गर्न तयार रहेको बताए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्