[ad_1]
रमेश रिजाल, अजयकुमार चौरसिया र प्रदीप यादव
५ मंसिर, वीरगञ्ज । पर्साका ४ वटै क्षेत्रमा मतगणना जारी छ । पर्सा क्षेत्र नम्बर १, २ र ४ को प्रारम्भिक मतपरिणाम आइरहेको छ भने क्षेत्र नम्बर ३ को मतपरिणाम अहिलेसम्म बाहिर आएको छैन ।
मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार क्षेत्र नम्बर २ र ४ मा नेपाली कांग्रेस र क्षेत्र नम्बर १ मा जनता समाज पार्टी (जसपा) का उम्मेदवार अगाडि छन् ।
पर्साको क्षेत्र नम्बर २ मा कांग्रेसका अजयकुमार चौरसिया र क्षेत्र नम्बर ४ मा कांग्रेसकै रमेश रिजालले सुरुवाती अग्रता लिएका छन् । ६७६ मत ल्याएर चौरसियाले अग्रता लिंदा जसपाका सुरेन्द्रप्रसाद कुर्मीले ४९६ मत ल्याएका छन्
रिजालले ९४९ मत ल्याएर अग्रता गरिरहेका छन् भने नेकपा एमालेका जालिम मियाँले ८४२ मत ल्याएर दोस्रो स्थानमा छन् ।
पर्सा क्षेत्र नम्बर १ मा जसपाका यादवले ६०० मतका साथ अग्रता लिएका छन् भने नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका अजयकुमार द्विवेदी ४०० मत ल्याएका छन् ।
[ad_2]
Source link








