काठमाडौं क्षेत्र नं. ७ को मतगणना जारी, १ को पनि सुरु गर्ने तयारी

काठमाडौं क्षेत्र नं. ७ को मतगणना जारी, १ को पनि सुरु गर्ने तयारी

[ad_1]

काठमाडौं क्षेत्र नं. ७ को मतगणना जारी, १ को पनि सुरु गर्ने तयारी

फाइल तस्वीर

५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को मतगणना सुरु भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. १६ नयाँबजारस्थित जुडो हलका चार स्थानमा मतगणना सुरु गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन् । सर्वदलीय सहमतिका आधारमा मतगणना थालिएको उनले बताइन् ।

मतगणनालाई सुरक्षित बनाउन तारजालीको व्यवस्था गरिएको छ । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एक/एक जना प्रतिनिधिलाई सहभागी गराइएको छ ।

काठमाडौं क्षेत्र नं. ७ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी अस्मिता सिंह (मानुषी) यमि भट्टराई, नेकपा एमालेका श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरलगायत प्रतिस्पर्धामा छन् ।

यसैगरी काठमाडौं क्षेत्र नम्बर १ को मतगणना केहीबेरमा सुरु गर्ने तयारी छ । आइतबार राति बसेको सर्वदलीय बैठकले सोमबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको थियो ।

काठमाडौं-१ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह, नेकपा एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेशप्रसाद खरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम लगायत प्रतिस्पर्धामा छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्