‘नाइँ नभन्नु ल ६’मा जोडिइन् केकी अधिकारी – Online Khabar

‘नाइँ नभन्नु ल ६’मा जोडिइन् केकी अधिकारी – Online Khabar

[ad_1]

‘नाइँ नभन्नु ल ६’मा जोडिइन् केकी अधिकारी – Online Khabar

अभिनेत्री केकी अधिकारी । फाइल तस्वीर

काठमाडौं । अभिनेत्री केकी अधिकारी फिल्म ‘नाइँ नभन्नु ल ६’मा जोडिएकी छन् । चार दिनदेखि केकीलाई लिएर निर्माताले झापामा फिल्म सुटिङ गरिरहेका छन् ।

निर्मातामध्येका उत्तम केसीले केकीले छायांकन सेट ज्वाइन गरेको बताए । केकीले पनि अझै डेढ साता छायांकनमा व्यस्त हुने जानकारी दिएकी छन् ।

फिल्ममा केकीको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । फिल्ममा आँचल शर्मा र आशिर्वाद बरालको प्रमुख भूमिका छ । विकासराज आचार्यको निर्देशनमा छायांकन भइरहेको फिल्मलाई आगामी वैशाख १ गते रिलिज गर्ने योजना छ ।

निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले पटकथा लेखनमा सहकार्य गरेका छन् । आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र सञ्जय न्यौपानेले फिल्म निर्माण गर्न लागेका हुन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्