तल्लो सरकारमा हस्तान्तरण भएका ६ आयोजना संघमा फिर्ता

तल्लो सरकारमा हस्तान्तरण भएका ६ आयोजना संघमा फिर्ता

[ad_1]

तल्लो सरकारमा हस्तान्तरण भएका ६ आयोजना संघमा फिर्ता

फाइल तस्वीर

२३ कात्तिक, काठमाडौं । प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएका ६ वटा आयोजना संघमा तानिएका छन् । मन्त्रिपरिषद्का विभिन्न ४ वटा बैठकबाट यी आयोजना/कार्यक्रम संघ मातहत सार्ने निर्णय भएको अर्थ मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालय अन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखाले सबै स्थानीय तहका नाममा परिपत्र गर्दै यी आयोजना तथा कार्यक्रम प्रदेश र स्थानीय तहबाट कार्यान्वयन नगर्न भनेको छ । यसअघि यी आयोजना/कार्यक्रम प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएका थिए ।

खानेपानी मन्त्रालय, शहरी विकास मन्त्रालय, उर्जा मन्त्रालय र भौतिक मन्त्रालय मातहतका कार्यक्रम संघमै फिर्ता तान्ने निर्णय भएको हो ।

मन्त्रिपरिषद्का यी निर्णयसँगै अब यी ६ वटै आयोजनालाई संघीय कार्यक्रम/आयोजनामा समावेश गरिएको छ । संघबाटै आयोजना कार्यान्वयन हुनेछन् । विगतमा संघीय सरकारबाटै कार्यान्वयन भइरहेका यी आयोजना/कार्यक्रम ठूलो बजेट खर्च हुने बहुवर्षीय आयोजनाहरु हुन् ।

कुन-कुन कार्यक्रम/आयोजना संघमा फिर्ता तानियो ?

मन्त्रालय

कार्यक्रम/आयोजना

मन्त्रिपरिषद्‍बाट निर्णय भएको मिति

खानेपानी मन्त्रालय

खानेपानी सेवा विस्तार तथा पुनर्स्थापना कार्यक्रम ७ असोज २०७९
शहरी विकास मन्त्रालय १. सघन शहरी विकास कार्यक्रम

२. बस्ती विकास कार्यक्रम

३१ भदौ २०७९
ऊर्जा, जलस्रोत तथा सिंञ्चाइ मन्त्रालय १. नदी नियन्त्रण

२. एकीकृत उर्जा तथा सिंञ्चाइ विशेष कार्यक्रम

२१ भदौ २०७९

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

वैकल्पिक सहायक राजमार्ग

२६ साउन २०७९

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्