थारू समुदायले माइतीघरमा मनाए समाचकेवा (तस्वीरहरु)

थारू समुदायले माइतीघरमा मनाए समाचकेवा (तस्वीरहरु)

[ad_1]

२२ कात्तिक, काठमाडौं । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका आदिवासी थारु समुदायले समाचकेवा पर्व मनाएका छन् ।

मंगलबार थारु महिला समाज उपत्यका समितिले काठमाडौंको माइतीघरमा आयोजना गरेको ‘समाचकेवा कार्यक्रम’मा थारु समुदायका दिदीबिहनीहरु भेला भएर हर्षोल्लासपूर्वक यो पर्व मनाए ।

थारु समुदायका दिदी–बहिनीहरुले दाजु भाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व २०६२ सालदेखि काठमाडौंमा मनाउने गरिएको थारु महिला सभाकी अध्यक्ष निलम चौधरीले बताइन् ।

‘हामी थारु समुदायले संघीय राजधानी काठमाडौंमा पनि आफ्नो संस्कार र संस्कृतिलाई कायम राख्न यो पर्व मनाएका छौं।’

उनले अहिले सरकारले दसैं, तिहार र छठ पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिएको तर समाचकेवा तराईका थारु लगायत अन्य समुदायले मनाए पनि सरकारले बेवास्ता परेको गुनासो गरिन् । उनले भनिन्, ‘सरकारले दसैं, तिहार, छठमा विदा दिए पनि थारुको संस्कृतिलाई वास्तै गरेन । खाली सभा समारोहमा ड्रेस देखाउनको लागि मात्र प्रयोग गरिरह्‍यो ।’

थारु समुदायसँगै तराइमा अन्‍य समुदायहरुले समाचकेवा थारुहरुसँगै सिकेर मनाउँदै आएका छन् । उनले भनिन्, ‘समाचकेवा थारुको रगतसँगको सम्बन्ध छ । यो इतिहासमा थारु राजाहरुको कहानी समेटिएको छ । समा राजाकी छोरी थिइन् । बुवाको आदेशलाई पालना गर्न घरबाट वनबास जानु पर्‍यो । आफ्नै मौलिक परम्परा गीत र संगीत छ । त्‍यसकारण यसको महत्व थारु समाजमा धेरै छ।’

यस्तै थारु महिला सभाले काठमाडौंको तमू बौद्धमा समाचकेवा कार्यक्रमको आयोजना गरेर मनाएका छन् ।

कात्तिक शुक्ल द्वितिया तिथिदेखि सुरु भएको यो पर्व कात्तिक पूर्णिमाको मध्यरात्रिसम्‍म थारु समुदायका दिदीबहिनीहरु प्रत्‍येक साँझ आफ्नो टोलमा समाचकेवा गीत, कीर्तनभजन गर्दै होर्षोल्लासका साथ मनाएका हुन्।

थारू समुदायले माइतीघरमा मनाए समाचकेवा (तस्वीरहरु)

भाइटीकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा रहेको यो पर्व संघीय राजधानी काठमाडौंमा बसोबास गरिरहेका थारु दिदीबहिनीहरुले समेत समा-चकेवा खेल्छन् छन्।

अहिले पनि थारु समाज वचनको पक्का मानेर काम गर्दै आएका छन्। छोरा-छोरीले गल्ती गरेमा अहिले पनि थारु समाजमा घरमुलीले प्रचलन छ, ‘जाऊ तिमीलाई वनबास भयो।’ त्यतिबेला राजा किसन-भुसन र रानी अदम्बत्तीबिच भएको करुणिक सम्बादको गीत थारु समाजले आफ्नो मौलिक/मातृभाषामा अहिले पनि जोगाएर राखेका छन्।

सस्कृतिमाथि सद्‌भाव कायम

नेपालको इतिहास हेर्दा तराइमा बसोवास गर्ने थुप्रै जात-जातिहरुले विभिन्‍न काल खण्डमा आइ आ-आफ्नो अस्तित्वलाई स्थापित गरे पनि एकले अर्कालाई विस्थापित गर्ने र अर्काको धर्म संस्कृति परम्परालाई नकारात्मक व्यवहार गरेको पाइँदैन।

फलस्वरुप अहिले पनि तराईमा थारु समुदाय मात्रै नभइ थारु समुदायसँग विभिन्‍न समयमा आएका अन्य जाति समुदायहरुले पनि यस परम्परालाई स्वीकार गरी धुमधामको साथ समाचकेवा मनाउने गर्छन्।

हाल यो संस्कृति संघीय राजधानी काठमाडौं उपत्यका लगायत देशका विभिन्‍न स्थानमा महोत्सवको रुपमा समेत मनाइरहेका छन् थारु लगायत अन्‍य समुदायहरु पनि हर्षोल्लासका साथ मनाउने गरेका छन् ।

त्यसकारण, यो थारुहरुको पुर्खौली परम्परा भए पनि सम्पूर्ण हाल आएर तराईबासीहरुको साझा संस्कृतिको रुपमा सद्‌भावको पर्व बन्दै गएको छ। यो पर्वले सम्पूर्ण नेपालीहरुको राष्ट्रियतालाई बोकेको छ भने विस्तारै अन्य समुदायमा पनि रुपान्तरण र हस्तान्तरण भइरहेको छ।

 

तस्वीरहरु: चन्द्रबहादुर आले

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्