आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटियो

आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटियो

[ad_1]

आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटियो

फाइल तस्वीर

१६ कात्तिक, काठमाडौं । सरकारी कार्यालय खुल्ने समय बुधबारदेखि एक घण्टा छोटिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्र तामाङका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको हो ।

उनका अनुसार बुधबारदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुलेर अपरान्ह ४ बजे बन्द हुने छन् । शुक्रबार भने १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुने छन् ।

१६ माघदेखि १५ कात्तिकसम्म बिहान १० बजे कार्यालय खुलेर अपराह्न ५ बजेपछि बन्द हुँदै आएको थियो ।

१४ चैत २०७४ मा राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले यस्तो नियम बनाएको थियो ।

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्