छठमा रमेको काठमाडौं, १५ तस्वीर

छठमा रमेको काठमाडौं, १५ तस्वीर

[ad_1]

१३ कात्तिक, काठमाडौं । छठ पर्वको मुख्य दिन आइतबार काठमाडौंका विभिन्न जलासयमा छठी माताको पूजा गरिएको छ । काठमाडौंको कमलपोखरी, बागमतीको गुह्येश्वरीलगायतका विभिन्न ठाउँमा छठघाट बनाएर छठी माताको पूजा गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

छठ पूजा गर्न काठमाडौंमा बसोबास गर्ने तराई मधेशका वासिन्दा जलासयमा पुगेका थिए । उनीहरुले आफ्नो छठ घाट झकिझकाउ बनाएर सजाएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरी र गुह्येश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेकी छन् ।  त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि थापाथलीस्थित बागमती किनारमा बनेको छठघाटमा गई पूजा गरेका छन् ।

प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व काठमाडौं उपत्यकामा पनि भव्य रुपमा मनाइन्छ । काठमाडौंका जलासयहरुमा वर्षेनी छठ मनाउनेको संख्या बढ्दै गएको देखिन्छ ।

हेर्नुहोस् तस्वीरहरु

छठमा रमेको काठमाडौं, १५ तस्वीर

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्