रेड पाण्डाको पहिरनमा सरिशाको ‘संरक्षण’ सन्देश (तस्वीरसहित) – Online Khabar

रेड पाण्डाको पहिरनमा सरिशाको ‘संरक्षण’ सन्देश (तस्वीरसहित) – Online Khabar

[ad_1]

काठमाडौं । नेपालले फिलिपिन्समा सुरु भएको मिस अर्थ-२०२२ को प्रतिस्पर्धामा दाबेदारी पेस गरेको छ । शनिबार भर्चुअल माध्यमबाट भएको प्रतियोगिताको पहिलो सब-टाइटल फाउना आउटफिट प्रतिस्पर्धामा मिस नेपाल अर्थ सरिशा श्रेष्ठले रेड पाण्डा संरक्षणको सन्देश दिइन् ।

नेपालको लोपोन्मुख हाब्रे (रेड पाण्डा)को थिममा पहिरन लगाएकी सरिशा आकर्षक देखिएकी थिइन् । हाब्रेको भुवा, रङ र शैलीसँग दुरुस्त देखिने उक्त पहिरनलाई दर्पणा खातीले डिजाइन गरेकी हुन् ।

रेड पाण्डासम्बन्धी तस्वीर र भिडियो मिस अर्थको फेसबुक, इन्स्टाग्राम, युट्युब र टिकटकका पृष्ठमा सेयर भएको छ । प्रत्येक तस्वीरको लाइक र रियाक्ट भएमा सरिशाले भोट पाउनेछिन् । सरिशासहित अन्य मुलुकका प्रतिस्पर्धीले पनि लोपोन्मुख जनावरको थिम पहिरनमा दाबेदारी पेस गरे ।

‘जलवायु परिवर्तन, सिकारी र वासस्थानको क्षयीकरणको कारण विगत दुई दशकमा रेड पाण्डाको संख्या आधाले घटेको छ । सोही कारण मैले रेड पाण्डा थिम रोजेकी हुँ,’ सरिशाले अनलाइनखबरसँग भनिन् ।

अक्टोबर २९ मा नेसनल कस्ट्युम कम्पिटिसन र नोभेम्बर १० देखि १३ सम्म इको-भिडियो लन्चिङ, ब्युटी अफ फेस र फिटनेस, इन्टिलिजेन्स राउण्ड कार्यक्रम पनि भर्चुअल माध्यमबाट हुनेछन् ।

फिलिपिन्समा चाहिं स्विमवेयर, इभिनिङ गाउन, रिसोर्ट वेयर र ट्यालेन्ट राउण्ड भौतिक रुपमा हुनेछन्, जसको लागि सरिशा नोभेम्बर ११ मा त्यसतर्फ प्रस्थान गर्नेछिन् । मिस अर्थको फिनाले नोभेम्बर २९ मा हुनेछ ।

तस्वीरहरु

रेड पाण्डाको पहिरनमा सरिशाको ‘संरक्षण’ सन्देश (तस्वीरसहित) – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्