[ad_1]
रातो साडी, रातै पोते, रातै टिका अनि रातै लिपस्टिक पनि । सप्तरंगी पर्व तिहारको उल्लासमा खुसी साटिरहेकी छिन्, अभिनेत्री दीपिका प्रसाई पनि ।
त्यसो त कुनैपनि चाडपर्व नहोलान्, जहाँ दीपिकाले आफ्नो खुसी मिसाएकी छैनन् । क्यालेन्डरको पाता फेरिदैपिच्छे आउने चाडपर्वमा उनी उत्तिकै रमाइरहेकी देखिन्छन् । र, सोही चाडको रंगसँग मिल्दो पहिरनमा ठाँटिने गरेकी छिन् ।
दिपावलीको अवसरमा उनले रातो पहिरनमा चिरिच्याट्ट परेर फोटो खिचाएकी छिन् । ‘कुुसुम क्रिएसन’को पहिरनमा उनी साँच्चैनै आकर्षक देखिएकी छिन् । यही परिहनमा तीन थान फोटो फेसबुकमा राख्दै दीपिकाले संक्षिप्तमा लेखेकी छिन्, ‘ह्याप्पी तिहार ।’
झलमल्ल दियो बालेर त्यसैको पृष्टभूमीमा आफुलाई राखेर उनले फोटो खिचाएकी छिन् । सयपत्रीको थुँगा, झलमल्ल दियोले दिपावलीको छनक दिएको छ ।
चलचित्र ‘ऐश्वर्य’बाट डेब्यु गरेकी दीपिकाले त्यसपछि छक्का पञ्जा–३ मा अभिनय गरेकी छिन् । उनले केही बर्षअघि निर्देशक दीवाकर भट्टराईसँग विवाह गरेकी हुन् ।



[ad_2]
Source link








