नेपाल प्रहरीका कुकुरको खेल कौशल (तस्वीरसहित) – Online Khabar

नेपाल प्रहरीका कुकुरको खेल कौशल (तस्वीरसहित) – Online Khabar

[ad_1]

७ कात्तिक, काठमाडौं । यमपञ्चकको तेस्रो दिन आज सोमबार कुकुर पूजा । इमान्दारपूर्वक सुरक्षामा खटिने कुकुरको मीठो खानेकुरा खान दिनुका साथै फूलमाला लगाइदिएर पूजा गरिएको छ ।

कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

कुकुरले घरको सुरक्षामात्रै होइन, गोठालाको साथी पनि हो । प्रहरीलाई अपराध अनुसन्धानमा समेत कुकुरले साथ दिइरहेका छन् ।

प्रहरीले अपराध अनुसन्धानका लागि भन्दै सातै प्रदेशमा कुकुर राखेको छ । प्रहरीसँग सात प्रजातिका ९५ कुकुर छन् ।

नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा लागुऔषधसम्बन्धी काम गर्ने पाँच, अपराधीको खोजी गर्ने पाँच, विपद् व्यवस्थापन सम्बन्धी १६ र तालिमरत सात गरी ३८ कुकुर रहेका छन् ।

कुकुर तिहारको दिन नेपाल प्रहरीले अपराध अनुसन्धानमा सहयोग गर्ने यी कुकुरको पूजा गर्ने गर्छ । महाराजगञ्जस्थित नेपाल प्रहरीको कुकुर तालिम केन्द्रमा कुकुरको विशेष पूजा र कुकुरका विभिन्न खेल देखाउने गरिन्छ ।

हेर्नुहोस् तस्वीरहरू

नेपाल प्रहरीका कुकुरको खेल कौशल (तस्वीरसहित) – Online Khabar            

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्