सिस्नुपानीको देउसीमा नेताहरुकै सामुन्ने राजनीति र भ्रष्टाचारविरुद्ध व्यंग्य

सिस्नुपानीको देउसीमा नेताहरुकै सामुन्ने राजनीति र भ्रष्टाचारविरुद्ध व्यंग्य

[ad_1]

काठमाडौं । सँधैजस्तै तिहारको अवसरमा यसपटक पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरिएको छ । प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले शनिबार संयुक्तरूपमा प्रज्ञा भवनमा देउसी भैलो कार्यक्रम आयोजना गरे ।

कलाकारले देउसीमा वर्तमान राजनीति, भ्रष्टाचार र सामाजिक विसंगतिविरुद्ध व्यंग्यमार्फत कटाक्ष गरे । देउसीसँगै सांगीतिक प्रस्तुति समेत दिइएको थियो ।

देउसी भैलोमा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई , विभागीय मन्त्रीहरू, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, दलका नेता, काठमाडौ तथा ललितपुर महानगरका प्रमुख, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायत सहभागि थिए ।

सिस्नुपानीको देउसीमा नेताहरुकै सामुन्ने राजनीति र भ्रष्टाचारविरुद्ध व्यंग्य

प्रज्ञा भवन र डबलीमा खचाखच भरिएका दर्शकका अगाडि अच्युतराम भन्डारीको नेतृत्वमा ३८ जनाले तबलाबाट दर्शकलाई स्वागत गरे ।

लगत्तै मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेलले पैसाका लागि कसरी नेताले जनताको भावना सङ खेल्छन भन्ने प्रस्तुति दिए । सिद्धान्त फरक भए पनि सत्ता, शक्ति र पैसामा उनीहरूले इमान बेच्छन भन्ने कुराको प्रस्तुति दिँदा दर्शकले तालीले समर्थन गरे ।

कवि पराजुलीले आधा दर्जन कवितामा समसामयिक विषयलाई उठान गरे । विभिन्न कालखण्डमा नेतृत्वले जनतालाई देखाउने सपना र ती सपनाको सिँढी चढेर जनताका सपनामाथी खेलवाड गर्छन भन्ने कुरालाई गम्भीर रूपमा प्रस्तुत गरे ।

कोरोना महामारीको कारण सिस्नुपानी नेपालले अघिल्ला दुईवर्षमा देउसी कार्यक्रम गर्न सकेको थिएन । यसपटक भौतिकरुपमा आयोजित कार्यक्रम भव्य र सभ्य भएको आयोजकले जनाएको छ ।

’देउसी भैलो उत्साहजनक रह्यो । दर्शकको मायाले हामी पुलकित भएका छौं’, संस्थाका अध्यक्ष लक्षण गाम्नागेले भने । यसलाई अझ सशक्त बनाएर खबरदारी गर्दै सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि आवाज उठाइरहने आयोजकले जनाएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्