रेडकार्पेटमा आना शर्मादेखि दीपकराज गिरीसम्म (तस्वीरसहित) – Online Khabar

रेडकार्पेटमा आना शर्मादेखि दीपकराज गिरीसम्म (तस्वीरसहित) – Online Khabar

[ad_1]

काठमाडौं । ड्वेन रक जोन्सन स्टारर हलिउड सुपरहिरो फिल्म ‘ब्ल्याक एडम’को भव्य रेडकार्पेट प्रिमियर गरिएको छ । वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टद्वारा आयोजित समारोहमा सेलिब्रिटीसहित उद्योग व्यवसायी सहभागी रहे ।

देशव्यापी रिलिजको पूर्वसन्ध्यामा आयोजित प्रिमियरमा सेलिब्रिटीले फिल्म हेरे । छाया सेन्टरस्थित क्यूएफएक्स सिनेमाजमा आयोजित समारोहमा डीसी कमिक्सका फ्यानहरु पनि उपस्थित थिए ।

प्रिमियरमा दीपकराज गिरी, निर्मल शर्मा, आना शर्मा, सन्दीप क्षेत्री, सरिता गिरी, प्रशान्त ताम्राकार, बेल्जियमकी अभिनेत्री क्यारोलिन कोलिन्डा लगायत उपस्थित थिए ।

एप्पल इन्टरटेनमेन्ट हलिउड स्टुडियो वार्नर ब्रोजको नेपालस्थित आधिकारिक वितरण साझेदार हो । यसअघि उसले डेडपुल २, किंग्सम्यान : द गोल्डेन सर्कल, लोगन, द बोस बेबी, स्पाइडरम्यान होम कमिङ, जुमान्जी, स्पाइडरम्यान नो वे होम, द ब्याटम्यान र वान पिस रेड फिल्मको प्रिमियर गरिसकेको छ ।

‘ब्ल्याक एडम’ शुक्रबारदेखि नेपालसहित विश्वभर प्रदर्शनमा आएको छ ।

तस्वीरहरु

रेडकार्पेटमा आना शर्मादेखि दीपकराज गिरीसम्म (तस्वीरसहित) – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्