नवौं राष्ट्रिय खेलकुदको ट्रायथोलनमा वसन्त र सोनीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदको ट्रायथोलनमा वसन्त र सोनीलाई स्वर्ण

[ad_1]

नवौं राष्ट्रिय खेलकुदको ट्रायथोलनमा वसन्त र सोनीलाई स्वर्ण

पुरुष र महिलातर्फका पदक विजेता खेलाडी ।

२ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ट्रायथोलनमा पुरुषतर्फ त्रिभुवन आर्मीका वसन्त थारु र महिलातर्फ एपीएफकी सोनी गुरुङले जितेकी छिन् ।

पोखरा फेवातालमा बुधबार भएको ट्रायथोलन पुरुष स्प्रिन्ट विधामा वसन्तले २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड १ घण्टा ०९ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते ।

आर्मीकै दिपेश चौधरीले १ घण्टा १० मिनेट ०५ सेकेन्डमा दूरी पूरा गर्दै रजत जिते । एपीएफका मौलिक महर्जनले १ घण्टा १४ मिनेट ५६ सेकेन्डमा पूरा गर्दै कास्य जिते ।

महिलातर्फ सोनीले १ घण्टा १६ मिनेट २८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । नेपाल पुलिसकी शेर्बी महर्जनले १ घण्टा १९ मिनेट १५ सेकेन्डमा पूरा गर्दै रजत जितिन् भने त्रिभुवन आर्मीकी केशरी थापा मगरले १ घण्टा ३२ मिनेट २९ सेकेन्डमा पूरा गर्दै कास्य जितिन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्