महिला ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकलालाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

महिला ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकलालाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

[ad_1]

महिला ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकलालाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

स्वर्ण पदक जितेपछि पुलिसको झण्डा र छोरीको साथमा चन्द्रकला । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

२ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला ज्याभ्लिन थ्रोमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् ।

उनले बुधबार ४७.६० मिटर मिटर थ्रो गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

यसअघि यो कीर्तिमान आर्मीकी लक्ष्मी थारुको नाममा थियो । उनले २०१९ को १३ औं सागमा ४५.२७ मिटर थ्रो गर्दै कीर्तिमान बनाएकी थिइन् ।

पोखरामा लक्ष्मीले ४५.५६ मिटर थ्रो गर्दै रजत पदक जितिन् । एपीएफकी सीमाकुमारी थारु ४५.२० मिटर थ्रो गरेर कांस्य पदक जितिन् ।

चन्द्रकलाले नवौं राष्ट्रिय खेलकुदको सटपुटमा पनि स्वर्ण जितेकी थिइन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्