‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी फागुन ५ गते

‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी फागुन ५ गते

[ad_1]

काठमाडौं । ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’ले प्रदर्शन मिति घोषणा गरेको छ । यो फिल्म फागुन ५ गते नेपालसहितका मुलुकमा रिलिज हुने भएको छ ।

निर्देशक गुरुङले अनलाइनखबरलाई दिएको जानकारीअनुसार उक्त मितिमा फिल्म देशब्यापी प्रदर्शन हुनेछ । दयाहाङ राई र बिपिन कार्कीको प्रमुख भूमिका रहेको फिल्म पारिवारिक कथावस्तुमा आधारित छ ।

अरुणा कार्की, प्रियंका कार्की, शिल्पा मास्के र गौमाया गुरुङ समेत फिल्ममा छन् । बिपिनले पहिलोपटक रामबाबुसँग सहकार्य गरेका हुन् भने दयाहाङको ‘कबड्डी ४’ पछिको सहकार्य हो ।

‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी फागुन ५ गते
निर्देशक रामबाबु गुरुङ ।

मनिष ढकालको निर्माण रहेको यो फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । यशोधा फिल्म्सको ब्यानरमा फिल्म निर्माण भएको हो ।

उक्त मितिमा ‘फूलबारी’ अब साम्राज्ञी शाहको फिल्म ‘लन्डन टु पेरिस’ र नारायण रायमाझीको फिल्म ‘परदेशी २’सँग भिड्नेछ ।

उक्त मितिमा अजय देवगण स्टारर बलिउड फिल्म ‘मैदान’ र मार्भल स्टुडियोको प्रतीक्षित हलिउड फिल्म ‘एन्ट म्यान द वास्प : क्वान्टमेनिया’ रिलिज हुनेछन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्