सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु – Online Khabar

सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु – Online Khabar

[ad_1]

सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु – Online Khabar

फाइल फोटो

१ कात्तिक, दाङ । सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए । स्थानीय नवीन बस्नेतको श्रीनगरमा उपचार भइरहेको छ ।

सोमबार बेलुका धान काटेर घर फर्कनेक्रममा उनीहरुलाई अरिंगालले टोकेको थियो । अरिंगालले टोकेपछि तीनै जनाको सल्यानकै श्रीनगरस्थित एक अस्पतालमा सामान्य उपचारपछि आमा–छोरीलाई बाँकेको कोहलपुर रिफर गरिएको थियो ।

कोहलपुर लैजाँदै गर्दा छोरीको बाटोमै मृत्यु भएको र उनकी आमाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी खनालले बताए । मृतक दुवैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्