कतिन्जेल आफन्तकहाँ बस्ने ? – Online Khabar

कतिन्जेल आफन्तकहाँ बस्ने ? – Online Khabar

[ad_1]

कतिन्जेल आफन्तकहाँ बस्ने ? – Online Khabar

पहिरोले बगेको धनचौर गाउँ ।

३० असोज,  प्यूठान । माथिबाट पहिरो झरेर गाउँ नै जोखिम परेपछि प्यूठानको ऐरावती गाउँपालिका तिघ्रापाताल कि सावित्रा सुनार  एक सातादेखि घरमा छैनन् ।

पहिरोको त्रासले सुनार जस्तै २३ घरपरिवारले पदमोदय मावि धुवाङमा आश्रय लिएर बसिरहेका छन् । उनीहरुसँग अहिले रेडक्रसले बाँडेका भाँडाकुँडा, पाल बाहेक अरु केही छैन ।

सावित्राको जस्तै स्थिति छ माण्डवी गाउँपालिका-२ धनचौरका ३४ वर्षिय हरि सुवेदीको पनि ।

पहिरोका कारण घरबारबिहीन भएपछि आफूहरु छिमेकीको घरमा बस्न बाध्य भएको बताए । ‘हामी बस्दै आएको घर पहिरोले बगायो,’ सुवेदीले भने, ‘घर बनाउनलाई जग्गा पनि सङ्ग्लो छैन । कतिन्जेल अरूकोमा गएर गुजारा चलाउने ?’

उनले सरकारले घर बनाउन जग्गा दिए ठूलो राहत मिल्ने बताए । उनका अनुसार सुवेदी जस्तै धनचौरका ५० बढी घर बिस्थापित भएका छन् ।

असोजको तेस्रो साता आएको बाढीपहिरोबाट विस्थापित भएका बाढी पहिरोपीडितहरू अझै आफन्त र छिमेकका घरमा गएर गुजारा चलाउन बाध्य छन् ।

केही भने विद्यालय र पालहरुमा बस्दै आएका छन् । पहिराबाट विस्थापितलाई दैनिक छाक टार्न मुस्किल भएको छ । राहतका भरमा चुलो बलेको छ ।

माण्डवी र ऐरावती गाउँपालिकामा सवैभन्दा धेरै क्षति भएको स्थानीय प्रशासनले बताएको हो। एकिन तथ्याकं नभए पनि बाढी पहिरोले प्यूठानमा ८५ घर परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्