‘प्रसाद २’को विवाद टुंगियो, मंसिर ७ देखि छायांकन गर्ने सहमति

‘प्रसाद २’को विवाद टुंगियो, मंसिर ७ देखि छायांकन गर्ने सहमति

[ad_1]

काठमाडौं । फिल्म ‘प्रसाद २’को विवाद टुंगिएको छ । चलचित्र निर्माता संघको मध्यस्थतामा भएको वार्तामा दुईबुँदे सहमति भएको छ ।

निर्माता सुवास थापा, निर्देशक सुदर्शन थापा र अभिनेता विपिन कार्कीले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार आगामी मंसिर ७ गतेदेखि छायांकन गर्ने लिखित सहमति भएको छ ।

दोस्रो बुँदामा, यदि उक्त समयमा पनि निर्देशकको सेड्युल नमिलेको खण्डमा उपयुक्त समयमा छायांकन गर्ने समझदारी छ । निर्माता संघका अध्यक्ष नवल खड्काले यो सहमतिसँगै ‘प्रसाद २’को विवाद टुंगिएको जानकारी दिए ।

‘खासमा उहाँहरुबीच विवाद नै रहनेछ । गलत बुझाइ मात्र पाइयो र नचाहिने भन्दा बढी हल्ला भएको पाएँ । यो विवाद टुंगियो,’ अध्यक्ष खड्काले अनलाइनखबरसँग भने । विपिन आगामी साता बलिउड फिल्म ‘एनिमल’ छायांकनलाई मुम्बई जाँदैछन् । त्यहाँ उनको तालिका २८ दिनको छ । त्यताबाट फर्किएपछि मात्र विपिन ‘प्रसाद २’मा जोडिनेछन् ।

‘प्रसाद २’को विवाद टुंगियो, मंसिर ७ देखि छायांकन गर्ने सहमति

गत भदौ ९ गते निर्माता थापाले सुटिङको वातावरण मिलाइदिन आग्रह गर्दै निर्माता संघमा उजुरी दिएका थिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्