बलिउड अभिनेत्री भाग्यश्री काठमाडौंमा – Online Khabar

बलिउड अभिनेत्री भाग्यश्री काठमाडौंमा – Online Khabar

[ad_1]

काठमाडौं । सलमान खान स्टारर सन् १९८९ को चर्चित बलिउड फिल्म ‘मैंने प्यार किया’ फेम्ड अभिनेत्री भाग्यश्री काठमाडौं आइपुगेकी छन् ।

आइतबार बेलुका भारतबाट नेपाल एयरलाइन्सको विमानबाट उनी काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेकी थिइन् । विमानस्थलमा उनलाई विमान कर्मचारीहरुले स्वागत गरेका थिए । उनको नेपाल आगमनबारे केही खुलाइएको छैन । यद्यपि, उनी निजी कार्यक्रमको सिलसिलामा आएको अनुमान छ ।

पदयात्रामा रुचि राख्ने भाग्यश्री पोषणसम्बन्धी जानकार समेत हुन् । सुरज वर्जत्य निर्देशित फिल्म ‘मैंने प्यार किया’बाटै बलिउड डेब्यु गरेकी भाग्यश्रीले सोही फिल्मबाट सर्वोत्कृष्ट डेब्यु नायिका विधामा फिल्मफेयर अवार्ड पनि जितेकी थिइन् ।

बलिउड अभिनेत्री भाग्यश्री काठमाडौंमा – Online Khabar

थुप्रै भारतीय इन्डिपेन्डेन्ट फिल्ममा समेत अभिनय गरेकी उनले स्टुडियो वान, लौट आओ तृषा जस्ता टेलिभिजन सिरिज समेत निर्देशन गरेकी छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्