देशभर करिव ६ हजारको उम्मेदवारी – Online Khabar

देशभर करिव ६ हजारको उम्मेदवारी – Online Khabar

[ad_1]

देशभर करिव ६ हजारको उम्मेदवारी – Online Khabar

मकवानपुरका सत्ता गठबन्धनका उम्मेदवार ।

२३ असोज, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि देशभर करिव २५ सय जनाले उम्मेदवारी दिएका छन् । देशभका निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण पठाउने क्रम चलिरहेकाले संख्या अझै बढ्ने अनुमान छ ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार देशभर २ हजार ४५२ जनाले उम्मेद्वारी दिएकोमा २२९ जनामात्रै महिला छन् भने बाँकी २ हजार २२३ पुरुष हुन् ।

प्रदेशसभामा ३३ सय २६ जनाको उम्मेदवारी परेको छ । त्यसमा २ सय ८६ जना महिला छन् भने ३ हजार ३९ जना पुरुषा हुन् । प्रदेशसभामा एकजना ‘अन्य’ लिंगका छन् ।

निर्वाचन आयोगका अनुसार, इन्टरनेटमा समस्या आएका कारण कर्णाली प्रदेशको कालिकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पा लगायत थप केही जिल्लाको उम्मेदवारी र अन्य विवरण आउन सकेको छैन । सबैतिरबाट विवरण संकलन गर्दा उम्मेदवारको संख्या अझै बढ्ने अनुमान छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्