दशैंमा डिजिटल दक्षिणा दिने बैंकरको योजना – Online Khabar

दशैंमा डिजिटल दक्षिणा दिने बैंकरको योजना – Online Khabar

[ad_1]

१९ असोज, काठमाडौं । नेपालीहरुको प्रमुख चाड दशैंको आज मुख्य दिन हो । आजको दिन मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै आशिर्वाद लिइन्छ ।

आर्शिवादसँगै दशैंमा दक्षिणाको रुपमा गच्छे अनुसार रकम खर्च गर्ने प्रचलन छ । राष्ट्र बैंकका अनुसार दशैंको समयमा साना र ठूला दरका गरि ५० अर्ब भन्दा बढीको नोट सर्कुलेसन भएको छ । यसले पनि दशैंमा पैसाको प्रयोग कति हुने गर्छ भन्ने प्रष्ट हुन्छ । जसमध्ये पनि साना दरका मात्रै १३ अर्ब भन्दा बढी नोट साटिएको राष्ट्र बैंकको तथ्यांक छ ।

बैंकको व्यवस्थापकीय नेतृत्व गर्ने बैंकरले भने दशैंलाई कसरी मनाउँछन् र कति दक्षिणा, कसरी दिन्छन् भन्ने आम चासो पनि हुन्छ ।

नेपाल बैंकर्स संघका उपाध्यक्ष समेत रहेका एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीका अनुसार उनले दशैंमा नगद दक्षिणा दिंदैनन् । उनले डिजिटल बैंकिङ सुरु भएदेखि नै नगद रहित कारोबारलाई प्राथमिकतामा राख्दै आएका छन् ।

उनले यस पटकको दशैंमा पनि सम्भव भएसम्म डिजिटल दक्षिणा नै प्रयोग गर्ने बताए । ‘हामी आफैं डिजिटल दक्षिणालाई प्रोत्साहन गरिरहेका छौं, घरमा पनि दशैंमा डिजिटल दक्षिणा नै दिने योजना छ । हामीले नै डिजिटल दक्षिणालाई थप प्रोत्साहन गर्नुपर्छ,’ उनले भने । डिजिटल दक्षिणा सुरक्षित पनि हुने भएकाले सबैले यसलाई नै प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ ।

दशैंमा डिजिटल दक्षिणा दिने बैंकरको योजना – Online Khabar
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी

काठमाडौंमा नै दशैं मनाउने योजनामा रहेका केसीले कुनै विशेष योजना भने नरहेको सुनाए । ‘यसपटक दशैंमा अलि लामो बिदा छ । अन्य बेला सधैं व्यस्त हुने भएकाले यसपटकको दशैं परिवारसँगै बिताउने योजनामा छु,’ उनले भने ।

विगतमा जस्तो दशैंमा नै खर्च गर्नुपर्छ भन्ने सोच कम हुँदै गएको उनको अनुभव छ । दशैंमा केही बढी खर्च हुनु स्वाभाविक भएपनि नियमित जस्तै खर्च हुने उनले बताए । दशैंमा पारिवारसँगै रहने भएकाले कुनै अतिरिक्त खर्च नरहेको उनको भनाइ छ ।

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला भने दशैं मनाउन गृहजिल्ला झापा पुगेका छन् । यसपटकको दशैं परिवारसँगै मनाउने योजनामा रहेको उनले बताए । ‘घरमा ७९ वर्षको बुबा र ७० वर्षकी आमा हुनुहुन्छ, उहाँहरुको हातबाट दशैंको टीका र आशिर्वाद ग्रहण गर्दै घरमा नैं दशैं मनाउने योजना छ,’ उनले भने, ‘गाउँमा दशैं मनाउँदै छु, साधारण तरिकाबाट मनाउने हो, कनै खर्च गरेर घुमघाम गर्ने योजना छैन ।’

बिहान मन्दिर जाने, बेलुका भजन गाउने र दिउँसो घरमा नै बसेर दशैं मनाउने योजना रहेको उनले बताए । दशैंमा आशिर्वादसँगै दक्षिणा पनि जोडिने भएकाले यसपटकको दशैं डिजिटल दक्षिणाबाट मनाउने उनले बताए ।

तर, बुबा आमा भने डिजिटल बैंकिङमा अभ्यस्त नभएकाले उहाँहरुले भने नगद दक्षिणा नै प्रयोग गर्ने उनको भनाइ छ । आफूले भने नगद प्रयोग नगर्ने उनले बताए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्