तलेजु भवानी मन्दिर आज एक दिन खुला, दर्शनार्थीको घुइँचो

तलेजु भवानी मन्दिर आज एक दिन खुला, दर्शनार्थीको घुइँचो

[ad_1]

तलेजु भवानी मन्दिर आज एक दिन खुला, दर्शनार्थीको घुइँचो

Photo Credit : NAN

तलेजु मन्दिरमा भक्तजन

१८ असोज, काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ला गरिएको छ । भक्तजनहरु आज बिहानैदेखि लाम लागेर मन्दिरमा पूजपाठ तथा दर्शन गरेका छन् ।

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने चलन छ ।

मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पले सोमबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको छ ।

दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठहरुमा आज बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्