‘घाँटीमा मासुको हड्डी अड्किएमा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ’ डा. अरुण के.सी

‘घाँटीमा मासुको हड्डी अड्किएमा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ’ डा. अरुण के.सी

[ad_1]

दशैंको बेला मासुको हड्डी अड्किने जोखिम निकै हुन्छ । रक्सी खाएको बेला होस् वा अरुबेला, हतारमा मासु खाँदा हड्डी अड्कन सक्छ । यस्तो समस्या बुढापाका एवं बालबच्चामा पनि हुनसक्छ ।

खासगरी माछाको हड्डी अड्कने समस्या धेरै देखिन्छ । यद्यपि खसी, लोकल कुखुरा आदिको हड्डी अड्किएर उपचारै गराउनुपर्ने स्थिती पनि आउन सक्छ । माछाको भन्दा पनि कुखुरा वा खसीको हड्डी अड्किएमा त्यो बढी जटिल हुनसक्छ । त्यसो भए हड्डी अड्किएमा तुरुन्तै के गर्ने त ? डा. अरुण के.सीसँग गरिएको कुराकानी ।

घाँटीमा हड्डी अड्कियो भने तत्काल के गर्न सकिन्छ ?

हड्डी कुन ठाउँमा अड्किएको हो त्यो कुरा सबैभन्दा पहिले थाहा पाउनु जरुरी हुन्छ । श्वास नलिमा हड्डी अड्किएको हो भने घुचुकमा हिर्काएर त्यो हड्डी निकाल्ने गरिन्छ, जुन आम विधी हो । तर, खाना खाने नलीमा अड्किएको हो भने त्यसको प्राथमिक उपचार केही पनि छैन तुरुन्त अस्पताल पुगेर चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्छ ।

घाँटीमा हड्डी कस्तो अवस्थामा रहन्छ ?

घाँटीमा अड्किएको हड्डी कुनै बेला घाँटी छेडेर अड्किएको हुन्छ भने कहिले श्वास नलिमा सिधा भएर तथा तेस्रिएर बस्न सक्छ ।

कस्तो अवस्थामा अड्किन्छ ?

दाँत नभएका व्यक्ति, राम्ररी नचपाई खाना निल्ने व्यक्ति र मादक  पदार्थ सेवन गर्दा मासु खाने व्यक्तिहरूमा हड्डी अड्कने सम्भावना बढी हुने विभिन्न तथ्याङ्कहरूले देखाएको छ । त्यसैले मासु खाँदा यस्ता व्यक्तिहरूले अलि सचेत भएर मासु खानुपर्छ ।

‘घाँटीमा मासुको हड्डी अड्किएमा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ’ डा. अरुण के.सी

हड्डी अड्कियो भने के उपचार गर्नुपर्छ ?

घाँटीमा हड्डी अड्कियो भने यसको उपचार शल्यक्रिया नै हो । अवस्था अलि जटिल छैन भने सामान्य शल्यक्रिया घाँटीमा पाइप पसाएर हड्डी निकालिन्छ । जटिल अवस्था छ भने सिजरियन शल्यक्रिया नै गर्नुपर्छ ।

शल्यक्रिया नै गर्नुपर्ने अवस्था पनि आउँछ ?

घाँटीमा हड्डी अड्किएको उपचार भनेको नै शल्यक्रिया हो । हड्डी कुन अवस्थामा अड्किएको छ त्यसलाई हेरेर शल्यक्रिया गर्नुपर्छ ।

यो कुन अवस्थामा बढी जोखिमपूर्ण हुन्छ ?

केहि समय अघि अस्पतालमा एक जना बिरामी हड्डी अड्किएको ४ दिन पछि  आएका थिए । ४ दिनपछि अस्पताल आउँदा उनको घाँटीमा नै इन्फेक्सन भएको थियो । त्यसैले हड्डी अड्कने बित्तिकै अस्पताल गई हाल्नु पर्छ । पछि जाउँला भनेर कुरेर बस्दा जोखिम बढ्न सक्छ ।

गाउँघरमा हड्डी अड्कियो भने सुकेको गुराँस खान दिइन्छ, यो तरिका कत्तिको ठीक हो ?

हड्डी अड्कियो भने गाउँघरमा सुकेको गुराँस र केरा पनि खान दिइन्छ । केरा तथा गुराँस खाएर अड्किएको हड्डी निस्कन्छ भनेर प्रमाणित छैन । यो तरिका कति ठीक हो भन्ने विषयमा कुनै अध्ययन अनुसन्धान पनि  भएको छैन ।

घुचुकमा हिर्काउने विधि कति उचित हो ?

श्वास नलिमा हड्डी अड्किएको हो भने घुच्चुकमा हिर्काउने विधि ठिक हो । तर हड्डी घाँटीमा खाना खाने नलिमा अड्किएको हो भने यो विधि ठिक होइन । हड्डी घाँटीमा अड्किएको छ भने तुरुन्त अस्पताल नै पुगेर चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्