खोकनामा सिकाली जात्राको रमझम (तस्वीरहरु) – Online Khabar

खोकनामा सिकाली जात्राको रमझम (तस्वीरहरु) – Online Khabar

[ad_1]

१५ असोज, काठमाडौं । ललितपुरको खोकनामा सिकाली जात्राको रमझम सुरु भएको छ । सिकाली चौरमा रहेको मन्दिरमा भेला भएर स्थानीयले सो जात्रा मनाइरहेका हुन् ।

दशैंको सट्टामा त्यहाँका स्थानीयले यो जात्रा घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म मनाउने गर्छन् । हरेक नागरिक र राष्ट्रकै मनमा शान्ति मिलोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिएको ललितपुर महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले बताए ।

जात्रामा रुद्रायणीदेवीको मूर्ति खटमा राखेर नगरपरिक्रमा गर्ने गरिन्छ भने भक्तजनहरुका लागि विभिन्न स्थानीय गुठीहरुले निःशुल्क प्रसादको रुपमा भोजन गराउने गर्दछन् ।

यो जात्रा दशैंको बेलामा यहाँ सुरु हुने गर्दछ । जात्रामा स्थानीयले आफ्नो परम्परागत बाजागाजा बजाउने गर्दछन् । जात्राको व्यवस्थापन स्थानीय गुठीहरुले गरेका हुन्छन् ।

हेर्नुहोस् तस्वीरहरु

खोकनामा सिकाली जात्राको रमझम (तस्वीरहरु) – Online Khabar  

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्