लाल मोहम्मद हत्या प्रकरणमा पक्राउ परेका ३ जना हतियार व्यवस्थापक : प्रहरी – Online Khabar

लाल मोहम्मद हत्या प्रकरणमा पक्राउ परेका ३ जना हतियार व्यवस्थापक : प्रहरी – Online Khabar

[ad_1]

लाल मोहम्मद हत्या प्रकरणमा पक्राउ परेका ३ जना हतियार व्यवस्थापक : प्रहरी – Online Khabar

लाल मोहम्मदको हत्या भएको स्थान

१४ असोज, काठमाडौं । काठमाडौंको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जना हतियार व्यवस्थापक रहेको प्रहरीले जनाएको छ ।

यही असोज ४ गते बेलुकी भएको हत्याको घटनामा प्रहरीले दुई जना पुरुष र एक जना महिलालाई पक्राउ गरेको अपराध महाशाखा प्रमुख जनक भट्टराइले बताए । प्रहरी अधिकृतका अनुसार उनीहरु तिनै जनाले मोहम्मदको हत्याको लागि हतियार व्यवस्थापनमा सघाएका थिए । ती महिला यसअघि लागूऔषध सम्बन्धी मुद्दामा जेलसमेत बसेको प्रहरीको भनाइ छ ।

तीन जना पक्राउ परेकोबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

यही असोज ४ गते बेलुकी मोटरसाइकलमा आएका तीन व्यक्तिमध्ये एकले मोहम्मदलाई गोठाटारको एक गार्मेन्ट फ्याक्ट्री अगाडि गोली हानेर हत्या गरेका थिए । प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएर सो घटनाबारे छानबिन गरिरहेको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्