खाद्यले बिक्री गर्न थाल्यो खसी-च्यांग्रा, किलोको कति ?

खाद्यले बिक्री गर्न थाल्यो खसी-च्यांग्रा, किलोको कति ?

[ad_1]

१२ असोज, काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि खसी, बोका र च्यांग्राको बिक्री सुरु गरेको छ ।

बुधबार बिहान ९ बजेदेखि कम्पनीको थापाथलीस्थित बिक्री केन्द्रबाट सहुलियतको जिउँदो खसी, बोका र च्यांग्रा बिक्री सुरु गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

खाद्यले बिक्री गर्न थाल्यो खसी-च्यांग्रा, किलोको कति ?कम्पनीले जिउँदो च्यांग्राको प्रतिकिलो मूल्य १२६० र खसी-बोकाको मूल्य ६८० रुपैयाँ प्रतिकिलो तोकेर त्यसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएको जनाएको छ । छुट पछि खसी र च्यांग्राको खुद्रा बिक्री मूल्य क्रमश: ६७० रुपैयाँ र १२५० रुपैयाँ प्रतिकिलो हुने कम्पनीले जनाएको छ ।

यसपटक ३ हजार वटा खसी-बोका किन्ने लक्ष्य राखेपनि त्यसलाई अहिले करिब २ हजार ४ सय वटा खरिदको प्रक्रिया पूरा भएको र आवश्यक परे थप खरिद गर्ने कम्पनीले जनाएको छ । यस पटक दार्चुलाबाट २०६ वटा च्यांग्रा ल्याइएको कम्पनीले जनाएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्