प्रदेशसभाको १६५ सिटमा कांग्रेसको दाबी, सहयात्री दलहरुले मागे आधार

प्रदेशसभाको १६५ सिटमा कांग्रेसको दाबी, सहयात्री दलहरुले मागे आधार

[ad_1]

प्रदेशसभाको १६५ सिटमा कांग्रेसको दाबी, सहयात्री दलहरुले मागे आधार

सत्तारुढ गठबन्धनको कार्यदलको बैठकको फाइल तस्वीर ।

१० भदौ, काठमाडौं । प्रदेशसभाको १६५ सिटमा दाबी गरेको नेपाली कांग्रेससँग अरु दलहरुले आधार मागेका छन् ।

सत्ता गठबन्धनको कार्यदलको सोमबार बसेको बैठकमा कांग्रेस नेताहरुले प्रदेशसभाको ३३० मध्ये १६५ मा दाबी गरेका हुन् । जवाफमा गठबन्धनका अरु दलका नेताहरुले भने १६५ दाबी गर्नुको आधार मागेका थिए ।

‘गत निर्वाचन, २०७४ को निर्वाचन, गठबन्धनको आवश्यकता, नेताहरुको व्यवस्था आधार हुनसक्छन्’, कार्यदलका एक सदस्य भन्छन्, ‘भोलि विहान ८ बजेको बैठकमा उहाँहरुले पेश गर्नुहोला ।’

त्यसपछि थप छलफल गरेर भोलि ११ बजे बस्ने शीर्ष नेताहरुको बैठकमा रिपोर्टिङ गर्ने सहमति भएको छ ।

कार्यदलका सदस्यका अनुसार प्रतिनिधिसभाको १६५ सिटमध्ये करिव ८० प्रतिशतमा सहमति जुटेको छ । प्रदेशसभाका सिट पनि भागवण्डा गरेर प्याकेजमा सहमति गर्ने प्रयास भइरहेको जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्