मधेशमा करिब २४ हजार  म्यादी प्रहरी खटाइने – Online Khabar

मधेशमा करिब २४ हजार  म्यादी प्रहरी खटाइने – Online Khabar

[ad_1]

मधेशमा करिब २४ हजार  म्यादी प्रहरी खटाइने – Online Khabar

फाइल तस्वीर

१० असोज, जनकपुरधाम । अगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मधेश प्रदेशमा करिब २४ हजार म्यादी प्रहरी खटाइने भएको छ ।

आठवटै जिल्लाको प्रत्येक प्रतिनिधि तथा प्रदेश सभाको चुनाव सुरक्षाका लागि २३ हजार ७७१ जना म्यादी प्रहरी खटाइने मधेश प्रदेशका प्रहरी प्रवक्ता सुमनकुमार तिमलसिनाले जानकारी दिए ।

उनका अनुसार सप्तरीमा ३ हजार २७८, सिरहामा २ हजार ८०९, धनुषामा ३ हजार ४८६, महोत्तरीमा २ हजार ८०१ म्यादी प्रहरी खटाइने छ । यस्तै सर्लाहीमा ३ हजार ३०७, रौतहटमा २ हजार ९३९, बारामा ३ हमजार १४४ र पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाउने कोटा छुट्याइएको छ ।

गत भदौ ३० गतेसम्म म्यादी प्रहरीको लागि खुलेको भर्नामा मधेश प्रदेशमा ६२ हजार भन्दा बढी जनाले आवेदन दिएका थिए । त्यसबाट २३ हजार ७७१ जना छनोट गरिने प्रवक्ता तिमलसिनाले बताए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्