[ad_1]
आइतबार बेलुका हायात होटलमा आयोजित टीजीआइएफ फेसन शोमा चिल्लर ।
काठमाडौं । पूर्वविश्व सुन्दरी तथा बलिउड अभिनेत्री मानुषी चिल्लर यतिबेला नेपाली राजधानीमा छिन् ।
टीजीआइएफ फेसन सप्ताहमा भाग लिन आइपुगेकी उनले आइतबार बेलुका हायात होटलमा र्याम्प नापिन् ।
शिवांगी प्रधानको पहिरनमा रनवेमा देखापरेकी उनी शोज स्टपरको रुपमा प्रस्तुत भएकी हुन् । न्यूड लेबलले प्रस्तुत गरेको फल-विन्टरको पहिरनमा चिल्लर आकर्षक देखिएकी थिइन् ।
न्यूडले प्रस्तुत गरेको पहिरनमा नेपाली अभिनेत्रीहरु करिश्मा मानन्धर र सुष्मा कार्कीले रनवे नापेका थिए । टीजीआइएफको सन् २०२२ को संस्करणमा नेपाली सेलिव्रिटीले पनि रनवेमा भाग लिइरहेका छन् ।



[ad_2]
Source link








