अहिले पनि माओवादी उस्तै छ भन्ने भ्रम छ : प्रचण्ड – Online Khabar

अहिले पनि माओवादी उस्तै छ भन्ने भ्रम छ : प्रचण्ड – Online Khabar

[ad_1]

अहिले पनि माओवादी उस्तै छ भन्ने भ्रम छ : प्रचण्ड – Online Khabar

फाइल तस्वीर ।

६ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु शान्ति प्रक्रियामा आएको १५ वर्ष भन्दा बढी भइसक्दा पनि हेर्ने दृष्टिकोण नफेरिएको गुनासो गरेका छन् ।

बिहीबार पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा विमोचन कार्यक्रममा उनले अहिले पनि माओवादी उस्तै छ भन्ने भ्रम रहेको टिप्पणी गरेका हुन् ।

‘अहिले पनि माओवादी उस्तै छ कि भन्ने भ्रम छ । अहिले हामी शान्ति प्रक्रियामा सहभागी छौं । हामी उस्तै छौ भन्ने विभ्रम त्यागौं । युद्धले शान्ति ल्याएको छ नेपालमा । युद्धले शान्ति संबिधान लोकतन्त्र ल्याएको हो । माओवादी तपाईँको भवना र शान्तिको चाहनासंग एकाकार छ भन्ने विश्वाश दिलाउन चाहन्छु’ प्रचण्डले भने ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई सम्झिँदै प्रचण्डले थापाले पछिल्लो समय हरेक राजनीतिक विषयमा प्रचण्डसँग छलफल गर्नुपर्ने धारणा व्यक्त गर्ने गरेको बताए । ‘हरेक राजनीतिक संवाद र सहमति प्रचण्डसँग कुरा नगरी हुँदैन है भन्नु हुन्थ्यो । उहाँ अभिभावक जस्तो भूमिकामा हुनुहुन्थ्यो । पछिल्लो चरणमा उहाँ अभिभावक बनेर प्रस्तुत हुनुभयो’ उनले भने ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्