भुटानलाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा

भुटानलाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा

[ad_1]

भुटानलाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा

फाइल तस्वीर

३१ भदौ, काठमाडौं । भुटानलाई ८-० को फराकिलो अन्तरले हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ ।

बंगलादेश २०१६ पछि पहिलो पटक फाइनल प्रवेश गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा ४-० को अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा ४ गोल थप्दै भुटानमाथि फराकिलो जित दर्ता गरेको हो ।

बंगलादेशलाई फाइनल पुर्‍याउन कप्तान सबिना खातुनले प्रतियोगिताको दोस्रो ह्याट्रिक गरिन् ।

बंगलादेशसँगको यो हारसँगै पहिलो पटक सेमिफाइनल पुगेको भुटान सेमिफाइनलबाटै बाहिरिएको छ ।

दशरथ रंगशालामा हुने दोश्रो सेमिफाइनलमा साँझ ५:३० बजे नेपालले भारतसित खेल्ने छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्