[ad_1]
२८ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको भ्रमणको दोस्रो दिन पनि काठमाडौंको बानेश्वर क्षेत्रको यातायात व्यवस्था अस्तव्यस्त बनेको छ ।
विदेशी पाहुना ली को भेटघाटको कार्यक्रम बानेश्वरस्थित संसद भवनमै भएकाले बानेश्वर क्षेत्रमा यातायातका साधन विहानदेखि नै प्रभावित भयो । मंगलबार बिहान ली ले बानेश्वरस्थित संसद भवनमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
भेटघाट सकेर सवा १२ बजेमात्र ली आफू बस्ने होटल सोल्टीमा फर्केका छन् । सवा १२ बजेसम्म प्रहरीले बानेश्वर क्षेत्रको सडकमा यातायात चल्न नदिनुका साथै फुटपाथमा सर्वसाधारणलाई हिँड्न पनि रोक लगाएको थियो । त्यसपछि भने गाडी र पैदलयात्रीलाई आवतजावत गर्न दिइएको छ ।
हेर्नुस् तस्वीरहरु :

[ad_2]
Source link








