दीपेन्द्र र सीता उत्कृष्ट – Online Khabar

दीपेन्द्र र सीता उत्कृष्ट – Online Khabar

[ad_1]

२४ भदौ, काठमाडौं ।  नेपाल क्रिकेट खेलाडी संघ (सीप्यान)ले आयोजना गर्ने सीप्यान क्रिकेट अवार्डमा दीपेन्द्र सिंह ऐरी र सीता राना मगर उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

ऐरीले वर्षको उत्कृष्ट पुरुष तथा सीता राना मगरले वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्डसहित समान १ लाख ३२ हजार रुपैयाँ नगद हात पारे ।

सिताले मनोनयमा परेका ज्योति पाण्डे, इन्दु बर्मा कविता कुँवर र रुबिना क्षेत्रीलाई पछि पार्दै अवार्ड जितिन् ।

पूर्वकप्तान पारस खड्काले स्पेशल अवार्ड हात पारे । सिप्यानका अध्यक्ष डा. मनिषराज पाण्डेले सिप्यानकै महासचिव खड्कालाई विशेष अवार्ड दिए । उनले पनि १ लाख ३२ हजार रुपैयाँ हात पारे ।

यस्तै समर्थकको भोटिङका आधारमा छनौट गरिएको मोमेन्ट अफ  दि ईअर अवार्ड अस्मिना कर्माचार्यले जितिन् । उनले ६६ हजार रुपैयाँ नगद हात पारे ।

उनले एसीसी महिला टी–२० च्याम्पियनसिपमा युएईविरुद्ध ५ विकेट लिएकी थिइन् ।  यो विधामा स्कटल्याण्डविरुद्धको नेपालको जित, पपुवा न्युगिनीविरुद्धको टी-२० र एक दिवसीयमा बनाएका दीपेन्द्र सिंह ऐरीका शतक, कुशल भुर्तेलले डेब्युसहितका ३ खेलमा बनाएका तीन अर्धशतक र केन्यामा सन्दिप लामिछानेले एकै खेलमा लिएको ५ विकेटलाई समावेश गरिएको थियो ।

ईमर्जिङ प्लेअर अफ दि ईअर विजेता यू-१९ क्रिकेट कप्तान देव खनाल भए । यो विधाको मनोनयनमा राष्ट्रिय टिमका ब्याटर खनालसहित अलराउण्डर आदिल आलम, बलर सागर ढकाल, ब्याटर लोकेश बम र महिला टोलीकी उदीयमान बलर हिरनमई रोय मनोनयनमा परेका थिए । उनीहरुलाई उछिन्दै अवार्ड जितेका खनालले ६६ हजार रुपैयाँ नगद हात पारे ।

दीपेन्द्र र सीता उत्कृष्ट – Online Khabar

तस्वीर : शंकर गिरी/अनलाइनखबर

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्