काभ्रेको भुम्लुमा साँझ ७ बजे अघि मदिरा बेच्न प्रतिबन्ध

काभ्रेको भुम्लुमा साँझ ७ बजे अघि मदिरा बेच्न प्रतिबन्ध

[ad_1]

२४ भदौ, काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिकाले साँझ ७ बजे अघि मदिरा बेच्न प्रतिबन्ध लगाएको छ ।

गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै शुक्रबारदेखि पालिकामा साँझ सात बजे अघि मदिराजन्य पदार्थमा रोक लगाइएको बताएको हो । मदिराजन्य पदार्थको विक्रिवितरणको समय निर्धारण विहीबार कार्यपालिका वैठक समेत बसेको थियो ।

यस्तै गाउँपालिकाले बसपार्क क्षेत्रको अस्थायी टहरा हटाउने भएको छ । गाउँपालिका ८ नम्बर वडामा रहेको दोलालघाट वसपार्क वरिपरि रहेको अस्थायी संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । शुक्रबार पालिकाले एक सूचना जारी गर्दै वसपार्क क्षेत्रमा रहेको अस्थायी संरचना गाउँपालिकाले स्थायी बनाउने भन्दै हटाउन निर्देशन दिएको हो ।

गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले मदिरा सेवन गरेर दिनको समयमा हो-हल्ला गर्ने क्रम बढेपछि यस्तो निर्णय गरिएको बताए ।

हेर्नुहोस् सूचनाः

 

काभ्रेको भुम्लुमा साँझ ७ बजे अघि मदिरा बेच्न प्रतिबन्ध

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्