मैले आमालाई भयंकर मिस गरेँ – Online Khabar

मैले आमालाई भयंकर मिस गरेँ – Online Khabar

[ad_1]

मैले आमालाई भयंकर मिस गरेँ – Online Khabar

फिल्म हलमा (बायाँदेखि) राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, अभिनेता राजेश हमाल र निर्माता छविराज ओझा ।

काठमाडौं । ‘मुनामदन’ फेम्ड निर्देशक ज्ञानेन्द्र देउजाको नयाँ फिल्म ‘झिंगेदाउ’ले बक्सअफिसमा सुखद ‘वर्ड अफ माउथ’ प्राप्त गरेको छ । फिल्म हेरेकाले यसलाई ‘अर्गानिक’ भन्दै प्रशंसा गरेका छन् ।

सहर केन्द्रित मल्टिप्लेक्सले शोज संख्यामा केही वृद्धि गरेका छन् । बुधबार बेलुका यसलाई वरिष्ठ निर्देशक नीर शाह, तुलसी घिमिरे, अभिनेताहरु राजेश हमाल, सरोज खनाल, कृष्ण मल्ल, शिव श्रेष्ठले पनि हेरे ।

हमालले फिल्म हेरिरहँदा आफूले दिवंगत आमा रेणु हमाललाई स्मरण गरेको बताए । ‘मैले आमालाई भयंकर मिस गरेँ’ उनले भने, ‘चाहे हाम्री आमा अहिले हुनुहुन्छ या हुनुहुन्न । जरुरी छैन कि आमा हामीबाट छुट्टिएर बस्नुभएको छ । आमासँगै भएपनि यसले हाम्रो कर्तव्यलाई कता-कता झक्झक्याउँछ ।’

यो फिल्म नयाँपुस्ताका दर्शकका लागि सान्दर्भिक रहेको हमालले बताए । ‘आधुनिक भागदौडमा हामीले आमाबुवाप्रतिको परम्परागत जिम्मेवारीलाई भुलिरहेका छौं’ उनले भने ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि फिल्म हेरेपछि अघिल्लो समयको समाज बुझ्न फिल्म हेर्नु जरुरी रहेको बताए । ‘धेरै वृद्धवृद्धा किन आश्रममा जानुपरेको छ भन्ने कारण यसले देखाउँछ’ भन्छन्, ‘जेठो पुस्ताले मात्र हैन, युवापुस्ताले पनि हेर्नुपर्छ । समाज बुझ्न पनि मद्दत पुग्छ ।’

आफ्ना छोराछोरीलाई फिल्म यो फिल्म हेर्न प्रेरित गर्ने उनले बताए ।

निर्देशक शाहले त फिल्मलाई जैविक (अर्गानिक) भएको बताए । ‘कैंयन वर्षपछि तपाईंले फिल्ममा नौलो कुरा देखेको अनुभूति गर्नुहुन्छ । धेरै समयपछि फिल्ममा आफ्नोपन महसुुस गर्नुहुन्छ’ शाह भन्छन्, ‘सहरबाट टाढा रहेर ग्रामिण वातावरणमा रहेर मानवीय संवेदनाको गहिराइमा फिल्म बनेको छ ।’

प्रदीप भारद्धाजको पटकथा रहेको फिल्मको विहिबारे अकुपेन्सी पनि सुखद देखिएको छ । फिल्मले दोस्रो सातामा आफूलाई कसरी अघि बढाउँछ, यो परिस्थिती शुक्रबार रिलिज हुने बलिउड फिल्म ब्रम्हास्त्र, नेपालका ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’मा निर्भर हुनेछ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्