कास्की १ मा खगराज, झलक सुवेदीसहित एमालेका १५ आकांक्षी

कास्की १ मा खगराज, झलक सुवेदीसहित एमालेका १५ आकांक्षी

[ad_1]

कास्की १ मा खगराज, झलक सुवेदीसहित एमालेका १५ आकांक्षी

झलक सुवेदी ।

२१ भदौ, पोखरा । पूर्वमन्त्री खगराज अधिकारी, वाम विश्लेषक झलक सुवेदीसहित १५ आकांक्षी नेकपा एमालेका तर्फबाट कास्की–१ का लागि सिफारिस भएका छन् । क्षेत्र, जिल्ला हुँदै प्रदेश कमिटीमा आइपुगेका नामलाई मंगलबार एमालेको गण्डकी प्रदेश कमिटी बैठकले केन्द्रमा पठाएको हो, जसको पाँचौं नम्बरमा सुवेदीको नाम पनि छ ।

प्रतिनिधिसभाको चुनावका लागि सिफारिस हुनेहरुमा उनी मात्रै भने छैनन् । सिफारिस हुनेको सूचीमा एमालेकै अन्य १४ जना नेताको समेत नाम छ । जसमा खगराज अधिकारी, दिलिप न्यौपाने, बैनबहादुर अधिकारी, कालिदास सुवेदी, पुष्पज्योती ढुंगाना, मनबहादुर गुरुङ, बालसिंह काउछा मगर, हिमालय बख्रेल, पदमप्रसाद पौडेल, मिलन सुबेदी, शंकरनाथ पौडेल, उमा सिंह, रामराज अधिकारी र पुष्प अधिकारी रहेका छन् ।

सुवेदीले अनलाइनखबरसँग कुरा गर्दै एमाले उम्मेदवार बन्न इच्छा गर्नेहरुकाे सूची तयार भएकाे, त्यसमा आफ्नाे नाम पनि सामेल भएकाे बताए । उनी विगतमा एमालेसँगै आबद्ध भएर लामाे समय राजनीति गरेका भए पनि पछिल्लाे समय निस्क्रिय थिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्