नारायणकाजीसँग एउटै मञ्च बस्‍न मानेनन् मातृका

नारायणकाजीसँग एउटै मञ्च बस्‍न मानेनन् मातृका

[ad_1]

२० भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उप-महासचिव मातृका यादवले पार्टीकै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग मञ्चमा शेयर गर्न अस्वीकार गरेका छन् ।

सोमबार जनकपुरमा आयोजित मधेस प्रदेशमा कार्यरत केन्द्रीय समिति सदस्यहरुको बैठकमा यादव मञचमा नबसी पछाडिको भागमा बसेका हुन् ।

नारायणकाजीसँग एउटै मञ्च बस्‍न मानेनन् मातृका

मञ्चमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अलवा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, उपमहासचिव गिरिराजमणि पोखरेल, सचिवहरु गणेश साह र देवेन्द्र पोडेल बसेका छन् ।

पदाधिकारी भएकाले उपमहासचिव यादव पनि स्वभाविक रुपमा मञ्चमा बस्नुपर्थ्यो  तर उनी त्यहाँ नबसी पछाडिको भागतिर केन्द्रीयसदस्यहरुसँग बसेको देखिन्छ ।

मधेशमा माओवादीका तर्फबाट युद्ध लडेका र  पूर्वजनमोर्चाका नेताहरुको दुई गुट छ । भूमिगत कालदेखिका माओवादीको नेतृत्व यादवले गर्दै आएका छन्  भने  पूर्व जनमोर्चा धारको नेतृत्व गिरिराजमणि पोखरेल लगायतले गर्छन् ।

यादवले गत ८ चैतमा जनकपुरमै आयोजित माओवादी  केन्द्रको मधेश प्रदेशको प्रशिक्षण कार्यक्रम बहिस्कार गरेका थिए । कार्यक्रममा श्रेष्ठसमेत सहभागी भएको भन्दै उनले आफू कार्यक्रममा जान अस्वीकार गरेका थिए ।

यादव कार्यक्रममा सहभागी नभएकोबारे प्रचण्डे गुनासो गरेका थिए । ‘असन्तुष्ट रहे पनि उहाँ कार्यक्रममा आउनुपर्थ्यो । तर, आउनु भएन । यो दुःखको कुरा हो,’ उनले भनेका थिए ।

गुटकै लडाइँका कारण गत वर्षको २५ मंसिरमा प्रदेश अधिवेशन उद्घाटन भए पनि माओवादीले मधेशमा अहिलेसम्म प्रदेश समिति बनाउन सकेको छैन । २०७४ सालको स्थानीय तहको चुनावमा २१ पालिका जितेको माओवादी यसपटको स्थानीय तहको चुनावमा ९ पालिकामा सिमित हुनुको पछाडि गुटकै कारण रहेको नेताहरुले बताउने गरेका छन् ।

गुटबन्दीका कारण पार्टीलाई क्षति पुगेको भन्दै प्रचण्डले मिलेर काम गर्न निर्देशन दिएपछि गिरिराजमणि पोखरेल र मातृका यादव केही कार्यक्रममा सँगै देखिएका थिए।

२२ साउनमा स्थानीय कार्यकर्तासहित केन्द्रीय समितिमा पर्सा जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताहरुसँग वीरगञ्जमा भएको छलफलपछि उनीहरुले सामूहिक तस्वीर खिचाएका थिए ।

त्यस्तै भोलिपल्ट सार्लाहीको हरिवनमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र स्थानीय नेताहरुसँगको छलफलमा पनि दुवै जनासँगै देखिएका थिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्