२६ भाग पुगेको अवसरमा ‘कमेडी क्लब विथ च्याम्पियन’ले केक काटेर बाँड्यो खुसी

२६ भाग पुगेको अवसरमा ‘कमेडी क्लब विथ च्याम्पियन’ले केक काटेर बाँड्यो खुसी

[ad_1]

काठमाडौं । नेपाल टेलिभिजन र ओएसआर डिजिटल युट्युब च्यानलबाट प्रसारण भइरहेको ‘कमेडी क्लब विथ च्याम्पियन’ले २६ भाग पूरा गरेको छ । यस अवसरमा शोको टिमले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केक काटेर खुसीयाली बाँडेको छ ।

शोका निर्देशक विशाल भण्डारीले सुरुमा कार्यक्रमलाई अगाडि बढाउन केही गाह्रो भए पनि अहिले दर्शकको माया पाउँदा खुसी लागेको बताए । सुरुवातमा युट्युबमै भ्युज नपाउँदा समस्या भए पनि अहिले हरेक शो १० लाख भन्दा बढी पटक युट्युबमा हेरिंदा खुसी लागेको उनको भनाइ छ ।

कलाकार दीपकराज गिरीले शोको पहिलो भाग र अहिलेका भागको तुलना गर्दा धेरै फरक आफूले पाएको बताए । शोमा सहभागी नयाँ प्रतिभाहरुको प्रगति देखेर आफूलाई खुसी लागेको उनले बताए ।

२६ भाग पुगेको अवसरमा ‘कमेडी क्लब विथ च्याम्पियन’ले केक काटेर बाँड्यो खुसी

शोकी ‘अध्यक्ष’ दीपाश्री निरौलाले पनि नयाँ पुस्ताले कमेडीलाई नयाँ तरिकाले अगाडि बढाएको बताइन् । उनले ‘कमेडी विथ च्याम्पियनमा काम गर्दा पारिवारिक वातावरणमा रमाइलो शैलीमा काम गर्ने गरेको बताइन् ।

शोमा सुमन कार्की, कैलाश कार्की, पवन भट्टराई, उषा रजक, उमेश राई, साजन श्रेष्ठ, विक्की अग्रवाल र मेक्सम गौडेलले प्रस्तुति दिंदै आएका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्