सियारी अस्पतालको गृहमन्त्रीद्वारा दोहोर्‍याएर शिलान्यास

सियारी अस्पतालको गृहमन्त्रीद्वारा दोहोर्‍याएर शिलान्यास

[ad_1]

सियारी अस्पतालको गृहमन्त्रीद्वारा दोहोर्‍याएर शिलान्यास

अयोध्या थारुले गरेको शिलन्यास र बालकृष्ण खाणले गरेको शिलान्यास ।

१९ भदौ, बुटवल । रुपन्देहीको सियारीमा एउटै अस्पतालको दुईपटक शिलान्यास गरिएको छ । सियारी गाउँपालिका–४ दयानगर छपियामा १५ शय्याको अस्पताल निर्माणको योजना दोस्रो पटक शिलान्यास भएको हो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले हरेक पालिकामा १५ शय्याको अस्पताल बनाउने घोषणा गरे अनुसार गाउँपालिकाका तत्कालीन अध्यक्ष अयोध्या थारुले २०७८ माघ २३ गते अस्पताल भवनको शिलान्यास गरेका थिए ।

त्यही ठाउँमा त्यही अस्पतालको शनिबार गृहमन्त्री बालकृष्ण खाणले पनि शिलान्यास गरेका छन् ।

गृहमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा यसअघि नै शिलान्यास भइसकेको आयोजनाको दोस्रोपटक शिलान्यास गरेर मतदातामा भ्रम छर्ने र चुनावलाई प्रभावित गर्ने गलत मनसाय राखेको भन्दै थारुले रोष प्रकट गरे । ‘हामीले सबै प्रकृया पूरा गरेर शिलान्यास गरेका थियौं, टेण्डर पनि गरेका थियौं’, थारुले भने, ‘अहिले हामीले गरेको भन्ने भ्रम छरेर मतदातालाई प्रभावित गर्न गृहमन्त्रीबाट दोस्रोपटक शिलान्या गरिएको छ, यो अराजकताको पराकाष्ठा र लाजमर्दो विषय हो ।’

छपिया स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै १५ शय्याको अस्पताल निर्माण गर्न ७ महिनाअघि २१ करोड ८० लाख ५० हजार २९५ रुपैयाँ अनुमान लागत राखेर टेण्डर आह्वान रिएको थियो ।

टेन्डर प्रक्रियाका सम्पूर्ण काम पूरा भई १८ करोड १ लाख ७ हजार ४८४ रुपैयामा निर्माण गर्ने गरी गत असार ८ गते निर्माण कम्पनीसँग सम्झौता गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । ७ महिनाअघि शिलान्यास भए पनि त्यतिबेला ठेक्का सम्झौता नभएको भन्दै उनले अहिल ठेक्का लागेपछि शिलान्यास गरिएको बताए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्